सम्पत्ति शुद्धिकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा पर्ने जोखिम
काठमाडौँ, बैशाख १२ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को कालोसूचीमा पर्ने जोखिम बढेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् ।
विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ । तर, हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न सकेको छैन । यसले आवश्यकताअनुसारको प्राशसनिक स्वरुप पनि पाएको छैन ।
‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ,’ विभागका एक पूर्वमहानिर्देशकले भने ।
प्रतिक्रिया दिनुहोस्