छायांकन अगावै ‘प्रेम गीत–३’को प्रदर्शन मिति तय

काठमाडौं, बैशाख ११ । फिल्म ‘प्रेमगीत’को तेस्रो सिक्वेल ‘प्रेम गीत-३’ निर्माण हुने भएको छ।

फिल्म निर्माण युनिटले छायांकन अगावै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो।

फिल्म छायांकनका लागि फ्लोरमा नगई निर्माण युनिटले फस्ट लुक र प्रदर्शन मिति घोषणा गरेको हो। फिल्म यसै वर्षको चैत २८ गते प्रदर्शनमा आउने छ।

फिल्मको पोस्टरमा एक अपिरिचित पात्रलाई हातहतियारसहित प्रस्तुत गरिएको छ।

पोष्टरमा देखाइएको पात्रको प्रकृति ऐतिहासिक प्रेमकथा र बदलामा आधारित रहेको संकेत बुझ्न सकिन्छ।

फिल्मलाई छेतेन गुरुङ र निर्माता सन्तोस सेनले निर्देशन गर्ने छन्। फिल्मलाई निर्देशक गुरुङ आफैले लेखेका हुन्।

‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत–२’ र ‘मेरी मामु’ गरी ४ वटा फिल्म निर्माण गरिसकेका सेनको यो पाँचौ फिल्म हो।

निर्माण युनिटले फिल्मको फस्ट लुक तथा सार्वजनिक मिति तय गर्दा समेत पनि कलाकारहरुका बारेमा भने केही कुरा खुलाएका छैनन्।

यसअघिका २ वटा सिरिजमा देखिएका अभिनेता प्रदीप खड्का फिल्ममा रहने छन् या रहने छैनन् त्यो पनि दर्शकका लागि पर्खाइको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्