‘विर विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक, यस्ता देखिए पल शाह, बर्षा शिवाकोटी ,नाजिर

काठमाडौं, वैशाख ११ । मिलन चाम्स निर्दे्शित चलचित्र ‘विर विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ ।

जेठ ३ को प्रदर्शनको मिती तोकिएको चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्ग लाई स्थान दिइएको छ ।

वीरविक्रमको सफलता पछी निर्माण गरिएको चलचित्र दर्शकले मन पराउनेमा निर्माण पक्ष आशाबादी रहेको छ ।

देशभक्त खनाल, विनिशा भण्डारी, मनिष लिम्बु, सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहेको छ भने रन्जिता सापकोटा सह९निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रदिप भारद्दाजको कथा रहेको चलचित्रलाई नवराज उप्रेती खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्