डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ , बैशाख ११ । यात्रुवहाक बस दुर्घटना हुँदा डडेल्धुरामा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बससाहुखर्क नजिक दुर्घटनामा परेको हो ।

बुधबार बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई डडेल्धुरा र कैलालीका विभिन्न अस्पताल लगिएको छ । मृतककोे सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस्