सवारी दुर्घटनामा परि अभिनेत्री विना थापाको मृत्यु

काठमाडौ । सवारी दुर्घटनामा परि अभिनेत्री विना थापाको मृत्यु भएको छ ।

२७ वर्षीय कलाकारलाई बुधबार बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्याङ्करले बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार रहेका बेला उनलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते विनाको बिर अस्पतालमा उपचारका गरेका थिए । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गुल्मीको मुसिकोट गाउँपालिका–२ निवासी विना पछिल्लो समय अभियनमा सक्रिय थिइन् । थिएटर म्युजिक भिडियोमा काम गरेकी विनाले रामप्यारीमा अभिनय गरेकी थिइन् । उनले अभिनय गरेको पिँजडा ब्याक अगेन प्रदर्शन हुन बाँकी नै छ । पिरतीको डोरी, दिन बित्योलगायत दर्जनौं गीतमा उनले मोडलिङ समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्