राष्ट्रपति भण्डारी र माओवादी अध्यक्ष भेट, पाउला त मुलुकले निकास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न माओवादी अध्यक्ष आज बिहीबार बिहाने निवास शितल निवास पुगेका छन् ।
भेटवार्ताका लागि प्रचण्ड बिहीबार बिहान ९ बजे शितल निवास पुगेका हुन् ।
सरकारलले लगेको राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकिएका छ । राष्ट्रपति भण्डारीले दलीय सहमती भन्द यसलाई रोक्दै आएका छन् । यो आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । । त्यसैको निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गरेको लागि यो भेट भएको स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सत्ता रुढ दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।
दलहरुबीच एकल संक्रमणीय र बहुसंक्रमणीको विवादले अझै निकास पाउने संकेग भएको छैन । कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले भने मध्यमार्र्गी विकल्पको खोजीमा देखिएको छ । यस भेटवार्ताले निकास पाउला की भन्ने आसा पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्