हिउँदमा लोड सेडिङ्ग नहुने, मिल्यो कुरा भारतसंग

काठमाडौं । भारतबाट ढल्केबर हुँदै आउने बिजुलीको विद्युत खरिद सम्झौता नवीकरण भएको छ । अनेक आशंकालाई चिर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले चैतसम्मका लागि अधिकतम् १६० मेगावाट परिमाणमै विजुली ल्याइराख्ने गरी भारतसँग सम्झौता गरेका छन् ।

यसअघिकै सम्झौतालार्इ निरन्तरता दिन भारत सहमत भएको हो । सम्झौता पत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय नोडल एजेन्सी विद्युत् व्यापार निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन्

प्राधिकरणले स्वदेशी उत्पादनले धान्ने अवस्था नभएसम्म भारतबाट आवश्यक परिमाणामा विजुली ल्याउने योजना बनाएको छ । त्यसैअनुसार विद्युत् खरिद सम्झौता नवीकरणका विषयमा छलफल गर्न नेपाल प्राधिकरणको उच्चस्तरीय टोली भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो ।

पुरानो सम्झौताअनुसार यही पुस १६ गतेदेखि यो सम्झौताको म्याद सकिँदै थियो । अब आगामी चैत १६ गतेसम्मका लागि सम्झौता अवधि लम्ब्याएर नवीकरण भएको कार्यकारी निर्देशक घिसिङले अनलाइनखबरलार्इ जानकारी दिए ।

ढल्केबर आइरहेको १६० मेगावाट बिजुलीको सम्झौता नवीकरण भएपछि प्राधिकरणलाई सुख्खायाममा पर्नसक्ने विजली व्यवस्थापनको समस्याबाट केही राहत भएको छ । अब चैतसम्म सुख्खायामका नेपालका नदीमा पानीको सतह निकै कम हुने भएकाले भारतबाट विजुली आयातलाई निरन्तरता दिन अत्यावश्यक थियो । चैतबाट भने हिमनदीमा हिँउ पग्लिएर पानीको सहत बढ्नेछ ।

यसअघि एनभिभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा स्पष्ट जवाफ नआउँदा प्राधिकरण सशंकित थियो । सम्झौताको म्याद सकिन लाग्दा भारतीय अदालतले प्रदुषणको कारण देखाउँदै विभिन्न उद्योग प्लान्टबाट हुने विजुली उत्पादन रोक्न आदेश दिएको थियो ।

तर, घिसिङले भारतीय ऊर्जा अधिकारीसँग आफ्नो विषय गम्भिर रुपमा राखेपछि १६० मेगावाट बिजुली प्रतियुनिट ३।६० भारूको पुरानै दरमा दिइराख्न भरत सहमत भएको हो । भारतबाट नेपालले यो हिउँदमा ३७० मेगावाट विद्युत् खरिद किन्ने योजना बनाएको छ । आगामी वर्षमा नेपालमा नै विद्युत उत्पादन बढेदै जाने र भारतको परनिभर्ता पर्न नपर्ने निर्देक घिसिङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्