बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप, औषधिको अभाव

काठमाडौं , वैशाख १० । मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ ।

जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिए ।


मौसमी ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका बिरामीको संख्या बढेको उनले बताए । अस्पतालमा दैनिक एक सष्य को हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य सहायक मुकेशकान्त दयालले जानकारी दिए ।

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि नभएको उनको भनाई छ ।

मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउन सक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्