तातोपानी नाका खुलाउन चीन सरकार तयार , नाका खुल्ने निश्चित

काठमाडौं, बैशाख ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको दावी गरेका छन् ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसद समेत रहेका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भइसकेको बताएका हुन् ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताए ।

राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नु परेको नेता सापकोटाको भनाई छ ।

नेता सापकोटाले नेपालले सुरक्षा चुनौती हुन नदिने प्रतिबद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्