‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लाई बसुन्धराश्री र मानश्री पुरस्कार
काठमाडौं । बसुन्धरामान प्रज्ञा प्रतिष्ठानले वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ लाई बसुन्धराश्री र मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बसुन्धरामान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले ‘मह जोडी’ लाई सम्मान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।
बैठकले नेपाली हास्य व्यङग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयका माध्यमबाट नेपाली कला, रंगमञ्च र हास्य व्यङग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे बापत वरिष्ठ हास्य कलाकार मदनकृष्णश्रेष्ठलाई बसुन्धराश्री पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।
त्यस्तै नेपाली कला र रंगमञ्चका क्षेत्रमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्टय कायम गरेका वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई वि.सं २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्