विद्यार्थी परिषदको एक नयाँ आयाम “संकल्प इन्जिनियरिङ एसोसिएसन नेपाल“ शुभारम्भ
काठमाडौं, बैशाख ८ , प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको एक नयाँ आयाम “संकल्प इन्जिनियरिङ एसोसिएसन नेपाल“ को शुभारम्भ गरिएको छ ।
काठमाडौ स्थित लर्डबुद्ध कलेजमा आयोजित आयाम शुभारम्भ कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतम, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, पुल्चोक इन्जिनियरिङ कलेजका प्रा .डा . इन्द्रप्रसाद आचार्य लगायत विभिन्न विद्याका ४० जना इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको कार्यक्रम संयोजक श्री रन्जाना पौडेल ले सम्पूर्ण उपस्थितिलाई स्वागत गर्नुभएको थियो।
परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले प्रस्ताविक मन्तव्य राख्दै राष्ट्रको आवस्यकता लाई मध्येनजर गर्दै नयाँ आयामको प्रारम्भ गरिएको र यो आयाम लाई परिषदले सहयोग ,सल्लाह ,सुझाव र मार्गदर्शन गरिरहने बताए । साथै उनले पुर्ण सफलताको शुभकामना पनि दिए।
उक्त कार्यक्रममा इन्जिनियर कुशल सापकोटाज्यू र इन्जिनियर रेवत कार्कीज्यूले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको अवधारणा पत्र!प्रस्तुत गर्नु भएको थियो विद्यार्थी परिषदका केन्द्रीय विशेष आमन्त्रित सदस्य डा. डिल्लीराम अधिकारीज्यूले आयामको नामै संकल्प राखेकाले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपाललाई नाम अनुसारको कार्य गर्नेमा विश्वस्त रहेको बताउदै नवीन कार्यका लागि बधाई एवं शुभकामना व्यक्त गरे ।
पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक इन्द्रप्रसाद आचार्यज्यूले दलीय राजनीतिभन्दा माथी राखेर गर्न लागिएको यो पबित्र कार्यामा आफू सदैव सहयोगी हुने बताउदै संकल्प इन्जिनियरिङ एसोसिएसनको पुर्ण सफलताको कामना गर्नु भएको थियो ।
त्यस्तै परिषदका राष्ट्रिय अध्यक्ष प्रा डा रामजी गौतमज्यूले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको कुशल सापकोटाको संयोजकत्वमा १७ सदस्यीय राष्ट्रिय कार्य समितिको घोषणा गर्दै कार्य सफलताको शुभकामना दिए।
नवीन आयाम संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालका सचिव श्री विनोद रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालका नव नियुक्त सह संयोजक इन्जिनियर आनन्द सापकोटाले गरेकोे विद्यार्थी परिषदका राष्ट्रिय सचिव श्री छितराज न्यौपाने जानकारि दिए ।
प्रतिक्रिया दिनुहोस्