आइतबारको मौसमः दिनभर बदली, मेघ गर्जनसहित पानी, हुरीबतास र चट्याङको पनि सम्भावना

काठमाडौँ , बैशाख ८ । देशभर आइतबारको मौसम दिनभरी नै बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।


आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्