नर्भिक अस्पतालद्वारा २ अर्ब लगानी थप्ने घोषणा, बन्ने भयो अब २५० शैयाको अत्याधुनिक अस्पताल

काठमाडौं, बैशाख ७ । नर्भिक इन्टरनेशनल अस्पतालले करीब २ अर्ब लगानी थप्ने भएको छ । सो लगानी थपिएसँगै आगामी तीन वर्षभित्र अस्पताल अत्याधुनिक २५० शैयायुक्त बन्ने अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए ।

करिब ५० जना कर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैयायुक्त नर्सिङ्ग होम हाल करिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको छ भने अस्पताल १५० शैयायुक्त रहेको छ ।


आगामी सन् २०२२ भित्रै २५० शैयायुक्त अति विशिष्ट हस्पिटलका रुपमा विकास गरिने अस्पतालको २६ औं वार्षिकोत्सवका अवसरमा शनिबार चौधरीले सो कुरा बताए ।


२६औ वार्षिकोत्सव समारोहकै हिस्साका रुपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रमहरु गर्दै आइरहेको थियो । तिनमा वृहत् रक्तदान कार्यक्रम, खेलकूद ९आन्तरिक भलिवल÷क्रिकेट० र हाजिरी–जवाफ प्रतियोगिता रहेका थिए ।

२६औं वार्षिकोत्सवका औपचारिक समारोहपूर्व कवि तथा गीतकार समेत रहेका नर्भिकमा नव स्थापित रक्तसञ्चार केन्द्र ९ब्लड बैंक० को समुद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्