प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने, तयारी तीव्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली बैशाख २६ गते कम्बोडिया भ्रमणमा जाने भएका हुन् । भियतनाम र कम्बोडियाबाट निम्तो आएपछि भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

भियतनाममा यही वैशाख पूर्णिका दिन आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रुपमा आमन्त्रण गरिएको हो । यसपालि जेठ ४ गते बुद्धजयन्ती परेको छ ।

सरकारले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विदेश भ्रमण तयारी तीव्र पारेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले भियतनामापछि कम्बोडियाको भ्रमण गर्ने छन् ।

भियतनामा रहँदा प्रधानमन्त्री ओलीले दुई पक्षीय हवाई सम्झौता परिमार्जन गर्ने तयारी भएको परराष्ट मन्त्रालय स्रोतले जनाएको छ ।

दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाबाट भ्रमणको निम्तो आएपछि प्रधानमन्त्रीको भ्रमणको तयारी यतीबेला तीव्र पारिएको परराष्ट मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालले भियतनामसँग सन् २०१५ मा हवाइ सम्झौता भएको थियो । तर, सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको थिएन ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्