नायक आर्यन सिग्देल बने बुवा

काठमाडौं, बैशाख ६ । बैशाख ६ गते तथा (आज) अभिनेता आर्यन सिग्देल बुवा बनेका छन् ।

चार वर्षअघि उनीहरूले यही मितिमा लगनगाँठो कसेका थिए । यही विशेष दिन वैशाख ६ गते नै अभिनेता सिग्देल बुवा बनेका छन् भने सपना आमा  बनेकी छन् ।

आर्यनकी धर्मपत्नी सपना भण्डारीले आजै पहिलो सन्तानका रुपमा छोरालाई जन्माएकी छन् । वसुन्धरास्थित चिरायु अस्पतालमा सपनाले छोरा जन्माएकी हुन् ।

डा. बिना बस्नेतले सिजरिङमार्फत सपनालाई सुत्केरी गराएकी छिन् । यसबीच आर्यन र सपनाले आफ्नो पहिलो सन्तानको नाम ‘आयान्स’ राखेका छन्।

प्रतिक्रिया दिनुहोस्