सर्वोच्चका पाँच न्यायाधीश सुनुवाइ समितिद्वारा अनुमोदित

काठमाडौं, बैशाख ५ । सर्वोच्च अदालतका लागि प्रस्तावित पाँचजना न्यायाधीशहरु संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित भएका छन्।

बिहीबार दिउँसो सुनुवाइ समितिले सिफारिसमा परेका पाँचै जना न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषदबाट सिफारिस भएका पाँचै न्यायाधीशमध्ये प्रकाश ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजराज शर्मालाई अनुमोदन गरिएको हो ।

सुनुवाइ समितिमा पाँचवटा उजुरी परेको थियो,जसमा उजुरीकर्ता वरिष्ठ अधिवक्ता शम्भु थापासहितले उजुरी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्