‘वीरविक्रम २’ को ‘वाचा’ गीतमा अभिनेता पल शाह र वर्षा सिवाकोटीको यस्तो रोमान्टिक (भिडियोसहित)

काठमाडौं , बैशाख ४ । फिल्म ‘वीरविक्रम २’ले आफ्नो दोस्रो गीत वाचा सार्वजनिक गरेको छ ।
उक्त गीत निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो ।

गीतमा अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीको रोमान्टिक मुड देख्न सकिन्छ । ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतमा ताराकै संगीत छ, भने सञ्चारकर्मी नरेश भट्टराईले कोरेका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।


फिल्ममा पल र बर्षाको अलवा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

अपर्ण सापकोटा निर्माता रहेको फिल्म ‘वीरविक्रम’ सिक्वेल नभएको निर्देशक चाम्सले बताए ।

प्रतिक्रिया दिनुहोस्