हास्यकलाकार ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित

काठमाण्डौ, बैशाख २ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।

२०७६ साल वैशाख एक गते एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदकसहित सम्मानित गरिकी हुन् ।

हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्रबाट समाज रुपान्तरणमा योगदान पुर्याउने व्याक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई प्रबल जनसेवाश्री पदकले सम्मान गरिएको हो ।

यो सम्मान केदार घिमिरेसहित किरण केसी ‘रातामकै’, नन्दकृष्ण जोशी, दिनेश अधिकारी, आकाश अधिकारी, वैकुण्ठ महत, पशुपति शर्मालगायतलाई गरिएको थियो ।

नेपाल सरकारबाट यो सम्मान प्राप्त भएसँगै आफ्नो काँधमा थप जिम्मेवारी आएको कलाकार केदार घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्