सरकारी चिकित्सकको आन्दोलन दुई हप्ताका लागि स्थगित

काठमाडौं, बैशाख २ । समायोजनप्रति असन्तुष्टि जनाउँदै सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकहरुले दुई हप्ताका लागि आन्दोलन स्थगित गरेका छन् ।

पेशागत धर्म र बिरामीलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै तत्कालका लागि आन्दोलनको स्वरुपमा परिवर्तन गरिएको सरकारी चिकित्सक संघले जनाएको छ ।
र्
ै सरकारी चिकित्सक संघका अध्यक्ष दिपेन्द्र पाण्डेले आफुहरुले तत्कालका लागि आन्दोलन स्थगित गरे पनि (सोमबार)देखि कालो पट्टि बाँधेर बिरामीको उपचार गर्ने निर्णय गरेको बताए ।

शनिबार भएको वार्तामा सरकारले कानुनी प्रावधान मिलाएर माग पूरा गर्न समय मागेपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । दुई हप्ताभित्र पनि माग सम्बोधन नभएमा कडा आन्दोलनमा उत्रने अध्यक्ष पाण्डेले चेतावनी दिए ।

विगत १० दिनदेखि सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्