एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खोल्ने तयारीमा सरकार
काठमाडौं, वैशाख २ । सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ ।
सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गरिरहेको बताए ।
उनका अनुसार नयाँ ट्याक्सी दर्ता कुन मोडेलमा खोल्ने भन्ने विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक निर्णय भएको छैन ।
प्रतिक्रिया दिनुहोस्