‘लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ : प्रधानमन्त्री ओली

काठमाण्डौ , बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वृद्धभत्ता बढाउने बताएका छन्। ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा उनले वृद्धभत्ता बढ्ने बताएका हुन् ।

‘लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने ‘बृद्धभत्ता बढ्दैछ भन्ने सबैलाई थाहा भएकै कुरा हो ।’

बृद्धभत्ताले वृद्धवृद्धालाई बाँच्ने प्रोत्साहन मिलेको पनि उनले बताए

कार्यक्रममा प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने पनि बताए ।

जेष्ठ नागरिकलाई बीमा अति आवश्यक रहेको बताए । स्वस्थ्य अवस्था राम्रो रहेको नागरिकले पनि बीमा गर्नु उचित हुने भए पनि विरामी, अशक्त र जेष्ठ नागरिकको लागि स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्