पूर्वराजा ज्ञानेन्द्रको देश चलाउन नेताहरुलाई यस्तो सुझाव


काठमाडौं, चैत ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा देश सञ्चालन गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज शुभकामना जारी गर्दै पूर्वराजा साहले प्रजातन्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
‘विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’ उनल शुभकामना सन्देशमा भनेका छन् ।

उनले आफू जनताको घर दैलोमा पुग्दा अनगिन्ती समस्या र पीडा पाएको बताएका छन् ।
लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशाी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नकेको उल्लेख गर्दै उनले यस्तो नाजुक अवस्थालाई अझै कति सहने भनि प्रश्न गरेका छन् ।
स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने र यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न आअआफ्ना साश्वत आदर्शको ख्याल राख्नै पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्