चिकित्सकलाई सरकारको जवाफ : सेवामा नफर्केसम्म छलफल नगर्ने

काठमाडौं चैत ३० । सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ ।

मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको तर सेवा सञ्चालन नहुँदसम्म छलफल गर्न नसकिने बताए । ‘चिकित्सक काममा नफर्केसम्म सरकार उनीहरुको मागप्रति सकारात्मक हुँदैन आन्दोलन छाडेर काममा फर्कपछि छलफल गरी समस्यको समाधान गर्न हामी उद्यत छौँ,’ अधिकारी भने ।

आठ दिनदेखि जारी चिकित्सकको आन्दोलनले तिन लाख विपन्न नागरिक सेवा लिन बाट वञ्चित भएक छन । दुर्गमदेखि आएक बिरामी अस्पताल ठप्प हँुदा सेवाविहीन भएका छन ।

प्रतिक्रिया दिनुहोस्