सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौं । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एमाले का भगवती चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकि छन् । ।

नेपाली कांग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग चौधरीले मुद्दा गरेकि छन् ।

चौधरीले मंसिर २१ गतेको मतगणनाको १९ औं लटमा निर्वाचनको मतगणना क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न समेत नदिएको मुद्दामा उल्लेख गरिएको छ ।

त्यस्तै, पाँच वटा मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको मुद्दामा उल्लेख छ ।

सुनसरी ३ बाट गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी विजयी हुनुभएकोे थियो भने चौधरीले ३८ हजार ६५१ म्त प्राप्त गरेकि थिइन ।

प्रतिक्रिया दिनुहोस्