नुवाकोटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौ, चैत २९ । नु्वाकोटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए अनुसार काठमाण्डौ–त्रिशूली सडक खण्ड अन्तर्गत बट्टारमा शुक्रबार बिहान विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई बा ५ ख २८९८ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २५ वर्षीय दीवाकर खनालको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् । मोटरसाइकलमा सवार अर्का साथी २४ वर्षिय मुन्ना गुप्ता भने घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्