राजपाद्वारा नौ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमको घोषणा

काठमाडौ, २७ चैत । राष्ट्रिय जनता पार्टी (राजपा)ले नौ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । संघीय सरकारबाट समर्थन फिर्ता लिएको राजपा नेपालले विभिन्न नौ बुँदे माग राखेर आन्दोलन घोषणा गरेको छ ।

राजपाले आफ्ना कार्यकर्तालाई आन्दोलनमा जुट्न निर्देशन दिँदै जिल्ला समितिहरुमा पत्राचार समेत गरेको छ । रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहाई गर्नुपर्ने, संविधान संशोधनका कुरा, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने भन्दै राजपाले आन्दोलन घोषणा गरेको हो । आन्दोलनकारी माथिको मुद्दा फिर्ता गर्नुपर्ने, लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र बन्द गर्नुपर्ने, भ्रष्टाचारी, महंगी, कालोबजारी, वेरोजगारीको समस्याको अन्त्य गर्नुपर्ने, राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक तथा लोकतन्त्र विरोधी गतिविधि बन्द हुनुपर्ने जस्ता कुराहरुको माग राजपाको छ ।

प्रतिक्रिया दिनुहोस्