मन्त्री बास्कोटाले भने – नक्कली कागज बुझाएर अब मिडिया चल्दैन
काठमाडौं स् सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले अब सधैं नक्कली कागज बुझाएर मिडिया नचल्ने बताएका छन्। पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको विषयमा बोल्दै सधैं उनले यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघले मंगलबार संचारग्राममा गरेको ‘पत्रकारितामा श्रम सवाल’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्याय हुनैपर्ने बताए।
‘ठूल–ठूला मिडिया ग्रुप संचालन गर्ने, चार–पाँच संञ्चार माध्यम पनि चलाउने अनि पत्रकारलाई तलब दिनुपर्छ भन्दा न्याय चाइयो भन्ने रु’, मिडियाप्रति प्रश्न गर्दै बास्कोटाले भने, ‘सरकारले निर्णय गरिसकेको छ। यसमा भन्नु केही छैन।’
मन्त्री बास्कोटाले सधैं नक्कली कागज बुझाएर नचल्ने भन्दै यसमा सबै निकायले सहयोग गर्नुपर्ने बताए।सरकारले पुरानो निर्णय नै कार्यन्वयन गर्न लागेको र पछि साना माडियाका लागि पनि छुट्टै व्यवसाय ल्याउने मन्त्री बास्कोटाले बताए।
सरकारको निर्णय सल्टाउने कुरा आफ्नो हातमा मात्र नभएकाले सबै पत्रकारले सहयोग गर्नुपर्ने उनले बताए।
पारिश्रमीकको विषयमा सरकारले गरिसकेको निर्णयमा तलमाथि नहुने उनले प्रष्ट पारे। ‘
प्रतिक्रिया दिनुहोस्