अस्पतालको सेवा बन्द नगर्न मानवअधिकार आयोगको आग्रह, वार्ता र संवादबाट समाधान गर्न सुझाव

काठमाडौं, २६ चैत । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा प्रभावित हुने गरी आन्दोलन नगर्न सरकारी चिकित्सक संघ ९गोदान० लाई आग्रह गरेको छ ।

गोदानको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरुमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा नागरिकको स्वास्थ्यको अधिकारको हनन् भएको भन्दै आयोगले स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन आग्रह गरेको छ ।

अस्पतालको सेवा नै प्रभावित पार्नु संविधान र प्रचलित कानून विपरीत भएको भन्दै आयोगले यो समस्यालाई सार्थक वार्ता र संवादबाट समाधान गर्न आयोगले गोदानलाई आग्रह गरेको छ ।

पेशागत क्षेत्रमा देखिएका असन्तुष्टि र अस्पष्टताहरुलाई समाधान गरी नागरिकको स्वास्थ्यको अधिकार हनन् हुन नदिन आयोगले सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

समायोजनप्रति असन्तुष्टि जनाउँदै गोदानले ५ दिनदेखि देशैभरको स्वास्थ्य सेवा ठप्प पारेको छ । यसले गर्दा बिरामीहरू मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्