स्वास्थ्य बीमा कार्यक्रकोे तीन वर्ष पूरा, ४२ जिल्लामा कार्यक्रम विस्तार, बीमित संख्या १५ लाख

काठमाडौं, २५ चैत । परिवर्तित अवस्थमा मानव स्वाथ्यलाई मध्यनजर गर्दै ल्यााईएको नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमले तीन वर्ष पूरा गरेको छ ।
बिमा बोर्डले तीनवर्षको अवधिमा ४२ जिल्लामा कार्य विस्तार गरिसकेको छ । यस बीमा कार्यक्रममा बीमितको संख्या १५ लाख भन्दा नाघीसकेको छ ।

बोर्डले तीन वर्ष पूरा गरेको अवसरमा सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा बीमा गराएका मध्ये महिलाको संख्या धेरै भएको जनाएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार बीमा गर्नेमा ५३ प्रतिशत महिला छन् भने पुरुष ४७ प्रतिशत रहेका छन् । साथै ८.५१ प्रतिशत विपन्न परिवार रहेका छन् । विपन्न परिवारको बीमा निःशुल्क गर्ने गरिएको छ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ मूल नारासहितको वार्षिकोत्सव कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्यमन्त्री यादवले तीन वर्षमा १५ लाखको संख्यामा बीमित पुर्याउनु खुशीको कुरा रहेको बताए । उनले बीमा बारे अझै नयाँ अभ्यास गरिनुपर्ने जोडदिए । उनले कुल जनसंख्याको ६० प्रतिशतलाई बिमाको दयाराभित्र ल्याउनुपर्ने दाबी गरे । स्वास्थ्यमन्त्री यादवले भने ‘कुल जनसंख्याको ६० प्रतिशतलाई बिमाको दयाराभित्र ल्याएमा मात्रै आमजनतालाई उपचारमा सहज हुन्छ ।’ उनले बीमितको संख्या बढाउन अस्पतालको गुणस्तरीय उपचारको आवश्यक्ता रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादले हालसम्म ४२ ओटा जिल्लामा स्वास्थ्य बीमाका कार्यक्रमम पुर्याएको बताउँदै अब चाडै नै ७७ ओटै जिल्लामा पुर्याउने जानकारी दिए ।
सरकारले स्वास्थ्य बीमालाई सशक्त ढंगबाट अगाडि बढाउन वार्षिक, आर्थिक र दीर्घकालीनख रुपमा अन्तर्राष्ट्रिय अभ्यास गराउनुपर्ने अध्यक्ष डा. शंकरको भनाइ छ । साथै उनले मानवीय संसाधन पनि बढ्दै जाने हुँदा भौतिक पूर्वाधारको समेत अभाव भएकाले काम गर्न गाह्रो कठिन भएको गुनासो गरे । यस्ता विभिनन चुनौतीका बावजुत पनि तीन वर्षको अवधीमा १५ लाख विमित गर्न सक्नु ठूलो उपलब्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्