चलचित्र ‘लभ स्टेसन’ हेर्नेको हलमा घुईचो : एकसाता नबित्दै भयो दुई करोडको कारोबार
काठमाडौं , चैत २५ । यति बेला नेपाली चलचित्र ‘लभ स्टेसन’ हेर्नको हलहरुमा घुईचो लागेको छ । लभ स्टेसन’ हेर्न दर्शकहरु निकै नै झुम्मिएका छन् ।
यहि चैत २२ गते देखि चलचित्र लभ स्टेशन प्रदर्शनमा आएको हो । चलचित्र लभस्टेशनलाई यस वर्षको प्रतिक्षित चलचित्रहरु मध्यको एक पनि मानिएको छ ।
यस चलचित्रका २ वटा गीत र ट्रेलरलाई दर्शकले निकै मन पराएका थिए र अहिले पनि हलमा यहि चलचित्रलभ स्टेशन हेर्ने दर्शकको निकै नै घुईचो लागेको छ । सांगीतिक लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्र हो ।
प्रदीप र जसिता बीचको पवित्र प्रेमको अभिनय चलचित्र ‘लभ स्टेसन’मा देख्न पाइन्छ ।
क्यामेरा र लोकेशनका दृष्टिकोणमा तारिफ गर्ने चलचित्र बनेको छ ।
चलचित्रमा प्रेम, रोमान्ससँगै जिम्मेवारी समेटिएको पाइन्छ । युवा पुस्ताको सोच, शैली, संघर्ष, सपना र दायित्वलाई समेट्ने प्रयास गरेको निर्माण पक्षले गरेको छ ।
यसैबचि शुक्रबारबाट सोलो प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेसन’ले एकसाता नबित्दै दुई करोड माथि कारोबार गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
देशभरका १ सय ४ पर्दामा प्रदर्शन भइरहेको चलचित्र प्रदर्शन देखिनै पानीझरी र बर्षाका कारण केही समस्या भए पनि हलमा दर्शकहरु झुम्मिएको प्रस्तुतकर्ता तथा निर्माण टिमका गोविन्द शाहीले जानकारी दिए ।
स्वेदशमा मात्र होइन, विदेशमा पनि दर्शकले रुचाएका छन्’ उनले भने, ‘अधिक मेहेनत गरेर दर्शकको मन जित्नेगरी चलचित्र निर्माण गरेकाले प्रदर्शनबाट हामी सन्तुष्ट छौं ।’
उज्ज्वल घिमिरे निर्देशित चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारहरुको अभिनय देख्न पाइन्छ ।
काफिया फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । फिल्मलाई काफिया शाही र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् ।
आलोक शुक्लाको छायाँकन रहेको फिल्मको गीतमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्