देशभरका सरकारी अस्पताल ठप्प, बिरामीलाई सास्ती

काठमाडौं, चैत २४ । सरकारी चिकित्सकहरु आन्दोलित हुँदा आज पनि देशभरका सरकारी अस्पतालहरु बन्द छन् ।

कर्मचारी समायोजनको विरोध गर्दै गत शुक्रबारदेखि सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन ।

यसरी आकस्मिक बाहेकका अन्य सेवा बन्द हँुदा बिरामीलाई भने प्रत्यक्ष असर परिरहेको छ ।

आफुहरुलाई प्रदेश र स्थानीय तहमा मात्र खुम्च्याउने गरी कर्मचारी समायोजन गरेको भन्दै विरोधमा उत्रिएका चिकित्सकहरुले आफूहरुलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा खटाउन माग गरेका छन् ।

माग पूरा नगरे सामूहिक राजिनामा दिने उनीहरुको चेतावनी छ । स्वास्थ्य मन्त्रालयले भने संघीय निजामती ऐनले उनीहरुका समस्याको समाधान गर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा। महेन्द्र श्रेष्ठले चिकित्सकहरुको माग सम्बोधन गराउन पहल भईरहेको बताए ।

देशभर १४ सय सरकारी चिकित्सक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्