यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविरसम्पन्न

काठमाडौं, चैत २४ । यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविरसम्पन्न भएको छ ।

के.एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर टायल घर स्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको हो ।

शिविर बाट ५ सय ५० भन्दा बढि नागरिक सेवा लिनबाट लाभान्वित भएका छन । शिविरमा आँखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो ।

नगर स्वास्थ प्रमुख शिवहरि भट्ट लगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जना भन्दा बढि स्वास्थ कर्मीको शिविरमा उपस्थिति रहेको थियो ।

सेवा पाउदा नगरवासी हर्षित भएका थिए ।यूनाइटेड सिमेन्ट्सले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका विनोद कुमार न्यौपानेले बताए ।

स्वास्थ सेवा तथा समयमै उपचार प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो । स्वास्थ उपचार बाट कोही पनि नागरिक बञ्चित हुन नपरोस भन्ने धेयका साथ कार्यक्रम आयोजना गरेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।

अघिल्लो साल पनि शिक्षाको क्षेत्रमा यहि वडाका विभिन्न सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुका साथै अघिल्लो साल नै एम्बुलेन्स तथा एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक सहयोग पनि यूनाइटेडले उपलब्ध गराएको थियो ।

स्वास्थ, शिक्षा, खाने पानी जस्ता आधारभूत कुराहरुमा कुनै पनि सम्झौता नगरि यूनाइटेडले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यको निरन्तरता दिइ रहने प्रतिवद्घता गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


सो स्वास्थ शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ का अध्यक्ष साइला राई तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्