त्रिभुवन विमानस्थलबाट फेरी ६ किलो सुनसहित ४ भारतीय पक्राउ

काठमाडौं, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले फेरी करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिए ।

उनका अनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । ‘हामीले सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाएका छौं’, भण्डारीले भने, ‘जाँच्न पठाएको मध्ये ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको देखिएको छ । अन्य परीक्षण हुँदैछ ।’

उनले परीक्षणपछि मात्रै थप प्रष्ट हुने बताए । जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने उनले जनाए । थप अनुसन्धान जारी छ ।

तर, तस्करी गर्ने समूहले विभिन्न तरिका अपनाएर सुन भित्र्याउने क्रम भने अझै चलिरहेको छ । उनीहरुले सुरक्षालाइृ चुनौती दिंदै यस्ता कार्यहरु गर्दै आएको छन् ।
यसअघि उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको फर्दाफास भएसँगै विमानस्थलबाट हुने तस्करीको सेटिङ ध्वस्त भएको सुरक्षा अधिकारीले बताउँदै आएका छन् ।
नेपाल तस्करहरुको अखडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्