मानवीय संवेदनशिल र अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २१ चैत । मानवीय संवेदनशिल र अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ ।

मानवीय संवेदनशिल र अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल ले गर्दा मानवीय जिविकोपार्जनमा समस्या परेको भन्दै गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले अबदेखि अत्यावश्यक मानवीय संवेदनशिल क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको हो ।

मन्त्रालयमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै टेलिफोन, जल, हवाई यातायात, यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन फोहोर मैला व्यवस्थापन, विद्युत, दैनिक खाद्य बस्तु आपूर्ति लगायतका क्षेत्रमा अअदेखि हड्ताल र अवरोध गर्न नपाइने भएको हो । यसको लागि छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने बताए ।

बैठकले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता वास्कोटाले जानकारी दिए । यस्तै युनाइटेड सिमेन्टको नौविसेस्थित सिमेन्ट कारखानासम्म जानको लागि बाटो निर्माणको लागि धादिङको धुनेबेसी नगरपालिका स्थित वनमा रहेको ०.१७ हेक्टर बन फडानी गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्