सरकारलाई अधिनायकवादी बाटोमा भन्नु झुटो प्रचारः प्रधानमन्त्री ओली

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकवादको बाटोमा नभई समाजवादलाई अवलम्बन गरेको बताएका छन् ।
काठमाडौंमा आज देखि सुरु भएकोे राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिपक्षले सरकार अधिनायकवादी भयो भनेर झुटो प्रचार गरेको दावी गरे । उनले सरकार प्रचार भन्दा कामप्रति तिब्ररुपमा अगाडि बढ्का प्रष्ट्या ।

उनले समवृद्ध नेपाल सुखि नेपालीको नारालाई आत्मसात गर्दै अगाडि बढेको बताउँदै उनले भने, ‘सरकार अधिनायकवादी होइन, समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रिक पथतर्फ अघि बढ्दैछ ।’
प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरेको प्र्रति इंकित गर्दै काँग्रेसलाई सचेत हुन आग्रह गरे ।
परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ । सो मस्यौदामा देखिएको कमीहरुलाई हटाउन र मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्न पनि प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले १५ औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको पनि उल्लेख गरे ।

परिषदका अध्यक्ष समेत रहेका उनले निरक्षरता उन्मुलन गर्ने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ खाद्य बस्तु उत्पादन गर्ने, ठूलो मात्रामा बस्तुहरुको उत्पादन गरेर निर्यात व्यापारको बढाउँदै लैजाने सरकारको योजना रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकारले पूर्वाधार विकासका लागि आधार तय भईसकेकाले एक वर्षभित्र पूर्वाधारको कार्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्दै त्यसलाई अव तीव्रताका साथ अघि बढाउने योजना पनि अघि सारे । सरकारले विकास निर्माणको कामलाई विना विवाद अघि बढाउन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ । बैठकमा केन्द्र, प्रदेश तथा स्थानीय तीनै तहका सरकारी अधिकारीहरु पनि सहभागि भएका छन् ।
यस बैठकमा लगानी सम्मेलनको समक्षिा र अधारलाई समेत लिएर पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले जानकारी दिए ।

आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ । सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति अगाघि बढाईएको स्रोतले जनाएको छ ।

राष्ट्रिय विकास परिषदको बैठकमा प्राप्त सुझावलाई समेट्दै आधारपत्रलाई अन्तिम रुप दिएर मन्त्रिपरिषदमा पठाउने योजना आयोगको तयारी छ । यो बैठकलाई विकासको लागि निकै उपलब्धि मुलक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्