आचार्य महाश्रमणको सन्देशको लागि कन्या सुरक्षा सर्कल स्तम्भ उद्घाटन

काठमाडौँ, १८ चैत । जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले निमार्ण गरेको कन्या सुरक्षा सर्कल स्तम्भ उद्घाटन भएको छ ।
ललितपुरको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टको पोखरी रहेको स्थानमा निर्माण गरिएको उक्त स्तम्भको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले उद्घाटन गरेका हन् ।

कन्या कन्या सुरक्षा सर्कल रक्षादेखि कन्या स्वास्थ्य एवं कन्याको चौतर्र्फी विकासमा टेवा पुर्याउने उदेश्यले कन्या सुरक्षा सर्कल स्तम्भ प्रतिकको रुपमा यस स्तम्भको निर्माण गरिएको जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं नेपालकी अध्यक्षा रश्मी जैनले जानकारी दिनुभयो । उहाँले गुरु आचार्य महाश्रमणको अहिंसात्मक सन्देशलाई समाजमा प्रभावकारी रुपमा सम्प्रेषित गर्न स्तम्भ निर्माण गरिएको बताउनु भयो ।

यस संस्थाले महिला संरक्षणको लागि महिला जागरण, कन्या सुरक्षा तथा अहिंसाको लागि आगामी दिनमा समेत विभिन्न कार्यक्र गर्दै आएको अध्यक्ष जैनले जानकारीे खुलासा गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवले जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा, अहिंसाको सन्देश सम्प्रेषण गर्न कन्या सुरक्षा सर्कलको निर्माण गरी अत्यन्तै सह्रानीय कार्य गरेको बताए ।
त्यस्तै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, उक्त क्षेत्रका वडा अध्यक्ष, वरिष्ठ उद्योपतिहरु लोकमान्य गोल्छा, नरेश दुगड लगायत अन्य उद्योगपति तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
यो स्तम्भसमणी सन्मति प्रज्ञाज्यू तथा समणीखुश्बु प्रज्ञाको सानिध्यमा अखिल भारतीय तेरापन्थ महिला मण्डलको निर्देशनमा अखिल भारतीय तेरापन्थ महिला मण्डलकी राष्ट्रिय अध्यक्षा कुमुद कच्छारा तथा नेपाल–सिक्किम प्रभारी रञ्जु लुनियाको समुपस्थितिमा जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)द्वारा ललितपुरको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टको सामुन्ने निर्माण गरिएको हो ।

गुरु आचार्य श्री महाश्रमणको अहिंसात्मक सन्देशलाई समाजमा प्रभावकारी रुपमा सम्प्रेषित गर्नयस कन्या सुरक्षा सर्कल स्तम्भको निर्माणले कन्या भ्रूणको रक्षादेखि कन्या स्वास्थ्य एवम् कन्याको चौतर्फी विकासमा टेवा पुग्ने प्रतिकको रुपमा यसस्तम्भको निर्माण गरिएको कुरा जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलकाठमाण्डौं (नेपाल)की अध्यक्षा रश्मी जैनले बताउनु भयो । यस संस्थाले महिला जागरण, कन्या सुरक्षा तथा अहिंसाको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र ती कार्यक्रमहरुमार्फत समाजमा महिलाको सुस्वास्थ तथा शिक्षामा जोड दिई महिलालाई आत्मनिर्भर बनाउन यस किसिमका कार्यलाई आगामी दिनह?मा समेत निरन्तरतादिने कुरा उक्त अवसरमा जानकारी गराइएको थियो ।

यस कार्यक्रममा माननीय स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा, अहिंसाको सन्देश सम्प्रेषण गर्न कन्या सुरक्षा सर्कलको निर्माण गरी अत्यन्तै सह्रानीय कार्य गरेको विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, उक्त क्षेत्रका वडा अध्यक्ष, वरिष्ठ उद्योपतिहरु लोकमान्य गोल्छा, नरेश दुगड लगायत अन्य उद्योगपति तथा समाजसेवीहको उपस्थिति रहेको थियो ।

ललितपुर महानगरपालिकाकी उपमेयरश् गीता सत्यालले कन्या भू्रण हत्या रोकथामदेखि कन्याको सुरक्षा तथा कन्याको चौतर्फी विकास गरीदेश विकासमा महिलाहरुको सहभागितालाई बढाउने हेतुले जुन स्तम्भको निर्माण गरिएको छ यो अति नै प्रशंसनीय रहेको विचारव्यक्त गर्नु भयो ।

साथ साथै स्तम्भ बनाउनका लागि स्थान उपलब्ध गराउनेदेखि अन्य कुराह?को सहयोगका लागि पनि जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)ले ललितपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गरेको छ । यस स्तम्भ निर्माण कार्यले कन्या सुरक्षाको सम्बन्धमा सचेतना जगाउने विश्वास यस संस्थाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्