आजको सबै कार्यक्रम रद्द गरेर मन्त्रीहरुसहित हावाहुरी प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री

काठमाडौ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आजको सबै कार्यक्रम रद्द गरेर मन्त्रीहरुसहित हावाहुरी प्रभावित क्षेत्रमा पुग्नुभएको छ ।

गृह जिल्ला झापामा रहनुभएका प्रधानमन्त्री झापाबाटनै सेनाको स्काई ट्रकमा सिमारा पुगेका प्रधानमन्त्री ओली सेनाको एमआई–१७ हेलिकप्टरमा घटनास्थतर्फ गएको सेनाले जनाएको छ ।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हुनुहुन्छ ।

यसैबीच नेपाली सेनाले घाइतेको उपचार गर्न भन्दै चार जना बरिष्ठ सर्जनहरुलाई बारा र पर्सा पठाएको छ।

बारा र पर्सामा हिजो राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ भने, बाराको फेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा अधिकांस घरहरु नस्ट भएको छ ।

गृह मन्त्रालयका अनुसार, बारा र पर्साको विभिन्न स्थानमा हुरी बतासमा परी घाइतेको संख्या ३ सय ५० पुगेको पुष्टि भएको छ । बारा र पर्सास्थित विभिन्न ७ वटा अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्