प्रधानमन्त्री ओलीले भने- ‘पार्टीलाई होइन, विप्लवको अराजकतामाथि प्रतिबन्ध लगाएको हो’

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै राजनीतिक पार्टीलाई प्रतिबन्ध नलगाएको दाबी गरेका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्धका विषयमा आइतबार विराटनगर विमानस्थलमा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन्।

‘विप्लव नेतृत्वको समूह कतै दर्ता भएको छैन’, ओलीले भने, ‘संवैधानिक पार्टी नभएकाले उसका अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो।’ उनले विप्लवमाथिको प्रतिबन्धलाई पार्टीमाथिको प्रतिबन्धका रुपमा नलिन सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्