किष्ट अस्पतालका कर्मचारी आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । कर्मचारीको आन्दोलनका कारण ललितपुर ग्वार्कोको किष्ट अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । कर्मचारी सेवा सुविधा माग गर्दै १३ दिनदेखि आन्दोलनमा छन् ।

गएको असार २० गते तलब भत्ता वृद्धि गर्नु पर्ने लगायत १५ सुत्रीय माग अनुसार अस्पताल प्रशासनसँग सहमति भए पनि त्यो लागू नभएको भन्दै कर्मचारीले आन्दोलन थालेका हुन् । माग पूरा गर्न व्यवस्थापन पक्षले वेवास्ता गरेको कर्मचारी सुस्मिता कट्टेलले बताए ।

काम ठप्प पारे पनि कर्मचारी अस्पताल पुग्ने गरेको र बिरामीलाई सहयोग गर्ने गरेको उनले बताए। अस्पताल प्रशासनले भने माग पूरा डाक्टर बाहेकका सबै स्वास्थ्यकर्मी र कर्मचारीको हाजिरी नै काटिदिएको बताए।

प्रतिक्रिया दिनुहोस्