ओखलढुङ्गामा जीप दुर्घटना : ६ जनाको ज्यान गयो , तीनजनाको अवस्था गम्भीर

काठमाडौं, चैत १७ ।ओखलढुङ्गामा जीप दुर्घटना हुदां ६ जनाको ज्यान गएको छ ।

ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए ।

घटनाको थप विवरण आउन भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्