सामुदायिक विद्यालयले पनि विद्यार्थी र अभिभावकको मन जित्न थाल्यो
काठमाडौ, १६ चैत । देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैै गइरहेका समयमा पोखरा महानगरपालिका–८ स्थित जनप्रिय माध्यमिक विद्यालयले भने व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको छ ।
साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले विसं २०७३ बाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालनमा ल्याएको हो । प्राविधिक विषयको कक्षा सञ्चालनसँगै विद्यार्थी तथा अभिभावकको रोजाइँमा जनप्रिय विद्यालय पर्न थालेको विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलले जनाएका छन् । “विद्यालयमा हाल एक हजार ५७१ जना विद्यार्थी अध्ययनरत छन्, प्राविधिक तर्फको सिभिल इञ्जिनीयरिङका लागि प्रत्येक वर्ष ४८ जना विद्यार्थी भर्ना गर्ने गरिएको छ” उनले भने।
अन्य कक्षामा विद्यार्थी बढ्नुका साथै वर्षेनी प्राविधिक शिक्षाका लागि भर्ना हुन आउने विद्यार्थीको आकर्षण पनि बढ्दै गएको बताउँदै उनले प्रवेश परीक्षाका आधारमा विद्यार्थी भर्ना गर्ने गरिएको जानकारी समेत दिए ।














प्रतिक्रिया दिनुहोस्