आज काठमाडौ उपत्यकासहित देशभरिकै मौसम बदली

काठमाडौ, १६ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।

खासमा पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाडौसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने उहाँको अनुमान छ ।

यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्