एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने, जिम्मेवारी सिआइवी लाई दिईयो
काठमाडौँ, चैत १५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने भउको छ । छानबिनको जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग(सिआइवी)लाई दिने निर्णय गरेको छ ।
आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।
सिआइवीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्ने छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसइई परीक्षाको बिहीबार प्रदेश नं.२ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको छ । यस्तै बैठकले ७७ जिल्लामा अवदेखि सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ ।
भोलि हुने ती विषयको प्रश्नपत्र ठिक छ वा छैन भनेर आज साँझ ६ बजेसम्म मुचुल्का परीक्षण गर्ने निर्णय गरेको स्वीकय सचिव केसीले बताए ।
देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्