पानी जहाज कार्यालयको रजिस्टारमा ऋषिराज कोइराला नियुक्त : मन्त्रिपरिषद्‍का २२ निर्णय यस्ता छन्

काठमाडौं , चैत १४ । सरकारले पानी जहाज कार्यालयको रजिस्टारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई पानी जहाज कार्यालयको रजिस्टार नियुक्त गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्री बास्कोटाले चैत ७ र ११ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार संयुक्त रुपमा सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् ।

त्यसैगरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस समिति समेत गठन गरेको छ ।

आयोग अध्यक्षमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र र सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका एक सदस्य रहने छन्।

त्यसैगरी अन्य सदस्यमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र शर्मिला कार्की सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्