भारतीय विदेश सचिव गोख र प्रधानमन्त्री ओली तथा परराष्ट्रमन्त्रीबीच भेटवार्ता: भेटमा भयो यस्तो छलफल
काठमाडौं , चैत १४ । भारतीय विदेश सचिव विजय गोखलेले प्रधनमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ।
विदेश सचिव गोखलेले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन्।
गोखले बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्। उनले केही समयअघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटवार्ता गरेका थिए।
उनी काठमाडौं आए लगतै दुई पक्षीय सम्बन्ध र सहकार्यको बारेमा नेपाली समकक्षीसँग बैठक गरेका थिए।
नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षका बारेमा दुई पक्षीय बैठक भएको हो। बैठकअघि नेपाल आएका गोखले र नेपालका विदेश सचिव वैरागीबीच भेटवार्ता गरेका थिए।
सचिव गोखलेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी छन्। १५ महिनाअघि विदेश सचिवमा नियुक्त गोखलेको यो पहिलो औपचारिक भ्रमण हो।
यसैबिच परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेश सचिव विजय गोखालेबीच भेटवार्ता भएको छ । विहीबार काठमाडौं आएका गोखाले र परराष्ट्र मन्त्री ज्ञवालीसँग मन्त्रालयमा भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवालीको भेट पूर्व सचिव गोखालेले समकक्षी शंकरदास बैरागी सँग पनि भेटवार्ता गरेका थिए । मन्त्री र सचिवसँगको भेटवार्ताको क्रममा उनीहरुबीच दुईदेशीय सम्बन्ध र आपसी भाईचाराको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
यस अघि २७ मार्चमा पाकिस्तानसँग विदेश सचिवस्तरीय वार्ताको लागि समय तय भईसकेको थियो । तर, गोखले नेपाल आउने भनेपछि बैरागीले १० वर्षपछि हुनलागेको सचिवस्तरीय वार्ता समेत स्थगित गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्