एसईई परिक्षा दिएर फर्केका एक युवा त्रिशुली नदिमा बेपत्ता, खोजी कार्य जारी

काठमाडौं, चैत १२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो दिनको नेपाली विषयको परीक्षा सकेर त्रिशुली नदिमा नुहाउन गएका एक विद्यार्थी बेपत्ता भएका छन् ।

गण्डकी गाउँपालिका–६ बन्टारका १७ वर्षीय कमल चेपाङ सोमबार दिउँसो त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

गण्डकी गाउँपालिका–६ का वडाध्यक्ष जीवन गुरुङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै नुहाउन गएका कमल पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा डेरा लिएर बसेका कमल स्कुलका जेहेन्दार विद्यार्थी भएको उनले बताए ।

हालसम्म कमलको शव फेला परेको छैन् । यतिबेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु मिलेर बेपत्ता कमलको शव खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्