निर्वाचन आयोग प्रमुखमा दिनेश कुमार थपलिया सिफारिस

काठमाडौ, चैत्र ११ । संवैधानिक परिषद्ले निर्वाचन आयोग प्रमुखमा सचिव दिनेश कुमार थपलियालाई सिफारिस गरेको छ ।

परिषद्को आज सोमबार बसेको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुन् ।

आइतबार निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले अवकास पाएपछि रिक्त पदहरुमा प्रमुख आयुक्तमा थपलियालाई सिफारीस गरेको हो भने आयुक्त पदमा सिफारिस गरिएको छैन । यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवा भने बैठकमा उपस्थित थिएनन् । देउवाले लिखित रुपमै उपस्थित हुन नसक्ने जानकारी दिएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्