जापानले नेपालबाट सीपयुक्त र उच्च सीपयुक्त गरि दुई वर्गमा विभाजन गरेर कामदार लाने भयो, अप्रिल १ तारिखबाट प्रकृया सुरु

काठमाडौ, चैत्र ११ । जापानले नेपालबाट सीपयुक्त र उच्च सीपयुक्त गरि दुई वर्गमा विभाजन गरेर कामदार लाने भएको छ जसमा उच्च सीपयुक्त कामदारले परिवार पनि जापान लान पाउने भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि दुई वर्गमा विभाजन गरेर नेपाली कामदार जापान जाने टुङ्गो लागेको हो । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीमा हस्ताक्षर गर्नुभयो । लाने कामदार सीपयुक्त हुनुपर्ने गरी गरिएको सम्झौतामा पहिलो वर्गका कामदारका रुपमा जान चाहनेका लागि सीप र सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव आवश्यक पर्नेछ ।

यस्ता कामदारले ५ वर्ष जापानमा बस्न पाउनेछन् भने दोस्रो वर्गका रुपमा जाने कामदारमा उच्च सीप आवश्यक पर्ने र त्यस्ता कामदारले ५ वर्षको अवधिपछि पनि समय थप गरेर जापानमा बस्न पाउनेछन् । यस्तै दोस्रो वर्गका कामदारले परिवारका सदस्यहरुलाई पनि जापान लान पाउनेछन् ।

सीपयुक्त र उच्च सीपयुक्त कामदारमा कस्ता सीप आवश्यक पर्नेछ भन्ने चाहिँ दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदलले पछि मात्रै टुङ्गो लगाउनेछ । जापानले १४ वटा क्षेत्रमा कामदार लाने भएको हो । कृषि, नर्सिङ केयर, गाडी मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, उद्योगिक उपकरण उद्योग र इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योगमा कामदार लाने भएको हो ।
बिल्डिङ् सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग र हवाई उद्योगमा नेपाली श्रमिक लाने समझदारीमा उल्लेख छ ।
जापानले पहिलो चरणमा चार क्षेत्रमा कामदार लैजानेछ । कामदारले तीन तरिकाले काम परिवर्तन गर्न सक्नेछन् । स्वास्थ्य, उद्योग, केयरगिभर निर्सिङ र कृषी क्षेत्रमा कामदार लैजाने छ । यी क्षेत्रमा गएका कामदारले काम परिवर्तन गर्न सक्नेछन् । जुन काममा गएको हो त्यही काम तर स्थान परिर्वतन गर्न पाउनेछन् । दोस्रो अर्को काम परिवर्तन गर्दा पहिलेको सीप पूण भए नभएको परीक्षण गरिने छ । र क्षेत्रनै पनि परिर्वन गर्न पाउनेछन् ।
नेपाली कामदारले पनि जापानी नागरिक अनुसारको सेवा सुविधा पाउने नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्