आउने भयो सरररर उपत्यकामा मेट्रो रेल : थालियो अध्ययन सुरु गर्न !

काठमाडौं, चैत ११ । काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलका लागि अध्ययन थालिएको छ ।

मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभागले जनाएको छ ।

आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए । त्यसका लागि विभागले ठेक्का आह्वान गरिसकेको छ ।

मेट्रो रेलतर्फ नै सातदोबाटोदेखि खोकना र नारायणगोपाल चोकदेखि बूढानिलकण्ठ खण्डमा भने पूर्वसम्भाव्यता अध्ययन हुन नै बाँकी छ । यस खण्डमा पूर्वसम्भाव्यता अध्ययनका लागि ठेक्का प्रक्रिया अघि बढेको चित्रकारले बताए ।

प्रतिक्रिया दिनुहोस्