विप्लवप्रति सरकारको दोहोरो रणनीतिः सके फकाउने नसके तर्साउने

काठमाडौँ, चैत ११ । सरकारले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रति दोहोरो रणनीति अख्तियार गरेको छ।

उसलाई सके फकाउने नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ।

सिरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाइसकेको छ।

विप्लव समूहलाई आपराधिक तथा विध्वंशकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ।

सरकारले भदौमा असन्तुष्ट पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग संवाद अघि बढाउने कोसिस गरिरहेका छन् ।

तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव समूहका केही नेतासँग सम्पर्कमै रहेको स्रोतले जनाएको छ

प्रतिक्रिया दिनुहोस्